यदि कांग्रेस र रास्वपाको समिकरण बनेको खण्डमा बहुमत मज्जाले पुग्ने देखिन्छ । अहिले संसदमा नेपाली कांग्रेसका ८८ सांसद छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन् । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद छन् । यो समिकरण बनेको खण्डमा १ सय ३७ सांसद पुग्छन् ।
बहुमतका लागि १ सय ३८ सांसद संख्या आवश्यक पर्छ । लोकतान्त्रिक समाजवादी पार्टीलाई यसमा समावेश गर्ने तयारी हुनसक्छ । यस्तो अवस्थामा सहजै बहुमत पुग्ने अवस्था हुन्छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार