२०८१ बैशाख ९ गते आइतवार

मृत भेटिएका गोपाल प्रसाद ढकालको हत्या



फाल्गुन २०।भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिएका गोपाल प्रसाद ढकालको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । फागुन ११ मा सिपाडोल स्थित वडा कार्यालय नजिकै रोशन बस्नेतको गोठमा ३३ वर्षीय ढकाल मृत अवस्थामा फेला परेका हुन् ।

हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । आरोपी काभ्रेको सिपाघाटबाट पक्राउ परेका हुन् । घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दियको छ ।

फागुन ११ मा साँझ गोपाल प्रसाद ढकाल डेराबाट तेल किन्न निस्केका थिए । तेह्रथुमको छथर घर भएका उनी डेरामा नफर्केपछि परिवारले प्रहरी वृत्त जगातीमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार