२०८१ पुष २८ गते सोमवार

जुगारमा जिप दुर्घटना

जुगारमा जिप दुर्घटना


१७ फागुन, रोल्पा 

रोल्पाको त्रिवेणी गाउँपालिका ५ जुगारमा एकआपसमा ठोकिदा जिप दुर्घटना भएका छन् ।
दाङबाट रोल्पाको लागि हिडेको रा १ च ५७७ नम्बरको मालबाहक जिप र रोल्पाको ओतबाट दाङ तर्फ जादै गरेको रा १ ज ४९७ नम्बरको यात्रुबाहक जिप त्रिवेणी गाउँपालिका ५ नेर्पाको नव नेपाल क्याम्पसको ओरालोमा एक-आपसमा ठोकिएका हुन् ।
जिप एक आपसमा ठोकिदा तीन जना सामान्य घाइते भएका थिए, घाइतेको नेर्पा स्वास्थ्य चौकी जुगारमा उपचार पछि डिस्चार्ज गरिएको छ।
दुर्घटनाको कारण यात्रुबाहक जिप रङ्गसाइड र ओभर स्पिडमा भएको कारणले भएको प्रहरी चौकी जुगारले बताएको छ ।
गाडि चालक गंगादेव गाउँपालिका १ ओत रोल्पाका दिल कुमार वली र शान्तिनगर गाउँपालिका ५ काशिपुर दाङका शेर बहादुर कवर प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार