रोल्पामा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका-५ भावाङमा एक घरमा आगलागी हुँदा ७५ वर्षीया हरिकला घर्तीको आगलागीबाट मृत्यु भएको हो ।
हिजाे बेलुकी पाँच बजेतिर अचानक वृद्धाको घरमा आगलागी भएको प्रहरीले बताएको छ । माटो, ढुंगा र टिनले बनाइएको २ तलाको घरमा आगलागी हुँदा घरमा एक्लै रहेकी वृद्धा घर्तीको मृत्यु भएकाे बताएकाे छ
। घटनाको बारेमा जानकारी पाएपछि माडी गाउँपालिकाको इलाका प्रहरी कार्यालय घर्तीगाउँस्थित चौकीबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा प्रहरी अनुसन्धानका लागि खटिएको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार