
विनोद मण्डल,फाल्गुन । सिरहाको लहानमा छोटो समयमा शैक्षिक पहिचान बनाउन सफल उमेश यादवको सामाजिक नेतृत्व अगाडि बढिरहेको छ ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेका यादव लाहान नगरपालिकाको चर्चित व्यक्तिको रूपमा परिचित रहेको छ ।
लाहान मनोकामना बोर्डिङ स्कुलका फाउन्डर प्रिसिपल समेत रहेका यादव पछिल्लो समय व्यापक चर्चाका पात्र मानिन्छन् ।
लाहान जेसीजको अध्यक्षको पदभार ग्रहण गरे लगतै उनी सामाजिक कार्यमा सक्रिए भएका छन् ।
लहानका विभिन्न विद्यालयहरूमा लागु पदार्थ विरुद्धको चेतनामूलक कार्यक्रमसँगै ट्राफिक नियमको पालना सम्बन्धी चेतना प्रदान गर्नका लागि अन्तर्क्रिया सम्पन्न गराएर जेसीज अन्तर्गत चितवनको सौराहामा आयोजित कार्यक्रममा सहभागी भएपछि उनको यतिबेला लाहान लगायतको क्षेत्रमा व्यापक चर्चा हुन थालेको अवस्था रहेको देखिन्छ ।
स्पस्ट वक्ता, बौद्धिक क्षमताका धनी र मिजासलु स्वाभावका कारण र उनी सामाजिक वातावरणमा घुलमिल हुन सक्ने गुणका कारण आम स्थानियले रूचाउदै आएका व्यक्ति मानिन्छन् उमेश यादव ।