फागुन ११,दाङ/ गुरु जजुर नमुना माध्यमिक विद्यालयले ६९ औं वार्षिक उत्सव मनाएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गुरु जजुर नमुना माध्यमिक विद्यालयले आज आफ्नो ६९ औं वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री मानिनय डिल्ली बहादुर चौधरीको प्रमुख आथित्यमामा कार्यक्रम रहेको हो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री मानिनय डिल्ली बहादुर चौधरीले शिक्षा राम्रो भयो भने शिक्षाले दक्ष जनशक्तिको उत्पादन गर्दछ जसले गर्दा देश विकासमा समेत टेवा पुग्ने मुख्यमन्त्री चौधरीले बताएका छन । मुख्यमन्त्री चौधरीले आफूलाई यसै क्षेत्रबाट भोट दिएर निर्वाचित गराएको र यस क्षेत्रको कृषि तथा भौतिक विकास गर्ने प्रतिबद्धता दिएका छन ।
कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी रहेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नं ४ का वडा प्रमुख तुलसी थापा, तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा अधिकृत चक्र भण्डारी, तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी सदस्य लक्ष्मण बि क , गुरुजजुर नमुना माध्यमिक विद्यालयका सल्लकार सुरेन्द्र बहादुर खडका लगाएतका उपस्थिति रहेको थियो ।
गुरुजजुर नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक बिष्णु कुमारी के सीले शिक्षाले धेरै कुराको ज्ञान बढाउने र शिक्षा मानिसको जिवनमा आवश्यक रहेको बताएकी छिन।
गुरुजजुर माध्यमिक विद्यालयले ६९ औं वार्षिक उत्सव मनाउदै विभिन्न सास्कृतिक नृत्यहरुको प्रतुती गरेको हो । बार्षिक उत्सवमा विद्यालयले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । सो कार्यक्रममा गरिब तथा जेहेन्दार दलित लगाएत बिभिन्न बिधार्थी लाइ सहायक प्रधानाध्यापक प्रमोद कुमार न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणि पोख्रेलले कार्यक्रम समापन गर्दै लेवेन्द्र के सी र घनस्याम डाँगीले सहजीकरण गरेका थिए छात्रवृत्ति पनी बितरण गरिएको हो।