
फागुन ११ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ टुनापानीमा रहेको श्री थापापानी प्राथमिक विद्यालयका बालबालिकालाई शैक्षिक पोषाक र म्याट सहयोग गरिएको छ । बताएको छ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई पोशाक र म्याट सहयोग गरिएको हो ।
नेपाली कांग्रेस दाङ जिल्ला सदस्य मदन कुमार वलीको समन्वयमा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका नगर सभापति सुरेश हमाल र व्यवसायी बसन्त केसी , नेपाली कांग्रेस तुलसीपुर-६ का युवा नेता सन्तोष वली, अनिल आचार्य, बालकृष्ण डाँगी लगायतको आर्थिक सहयोगबाट विद्यालयमा अध्ययनरत बालिबालिकालाई पोशाक र म्याट सहयोग गरियो हो ।नगर सभापति हमालले यस अघि पनि विभिन्न विद्यालयहरुमा स्टेसनरी तथा शैक्षिक समाग्री हरु सहयोग गर्दै आएका थिए । भने आगामी दिनहरुमा पनि हमालले सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन । सुरेश हमालले विभिन्न व्यक्तिलाई पछिल्लो समयमा सहयोग गर्दै आउनुभएको