२०८१ पुष २८ गते सोमवार

कुस्ती खेलाडीसंग वडा अध्यक्ष अमित ठकुरी ।।।



विनोद मण्डल, फाल्गुन ११ । सिरहाको धनगढीमाई ५ स्थित राजदेवी सातसती दुदहा भवडी मेलामा आयोजित कुस्ती खेलाडीलाई हौशला प्रदानका निम्ति धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी आयोजित कार्यक्रमको अखडाहामा पुग्नु भएको हो ।

छिमेकी राष्ट्र भारतको विभिन्न प्रान्त र नेपालका कुस्तीबाज खेलाडीहरुलाई हौशला प्रदानका निम्ति हात मिलाएर खेलको औपचारिकतामा सहभागिता हुनु भएको हो ।

खेलको औपचारिक रूपमा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवले उद्दघाटन गरेपछि खेलको सुरुवात भएको थियो ।

खेल अवधिमा अखडाहाको दक्षिण छेउमा बसेका वाडा अध्यक्ष अमित ठकुरीलाई प्रत्येक कुस्ती खेलाडीहरुले आकर्षणको नजरले हेर्दै प्रत्येक खेलाडीहरु पटक पटक उहासम्म पुगेका थिए ।

अत्यन्त रोमाञ्चक बनेको आजको खेलमा वाडा अध्यक्ष अमित ठकुरीको सहभागिताले उनी धनगढीमाई नगरको समग्र विकासप्रति वफादार रहेको आम बुझाई रहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार