अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन् ।
तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।
८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो ।
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार