२०८२ बैशाख २९ गते मङ्गलवार

समाज सेवि तथा गायिका तामाङद्वारा सय बढी बिद्यार्थी लाई ट्रयाक सुट वितरण



फाल्गुन १० बिद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने अभियानमा सहयात्री बन्ने पबित्र अभिलाषाले सामाजिक कार्यमा अग्रसर धादिङ नि–वासी शर्मिला तामाङ १ सय बढी विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरेकी छन । आफ्नै गाउँको महेन्द्र बाराही मा.वि. नेत्रावती डबजोङ गाउँपालिका ५ कटुञ्जे, धादिङका कक्षा ६ सम्मका एक सय बढी बिद्यार्थीलाई ट्रयाक सुट बितरण गरेकी हुन ।

पुर्खेउली घर धादिङ मै भए पनि करिब २ दशक लामो समय देखि काठमाडौंमा बस्दै आएकी तामाङले आफू बचपनमा पढ्न नअपाए पनि आफ्नै गाउँको विद्यालयका विद्यार्थीहरुलई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन । कलिला मुनाको मुहारको खुसीले अझ आगामी दिनमा समाजिक कार्य गर्ने प्रेणा प्राप्त भएको महसुस भएको उनले बताएकी छिन । ‘प्रसस्त धन सम्पत्ति भएर होईन, आफू सँग केही नहुदा पनि सेवामा तत्पर रहने गरेकी छु । यसले मलाई खुसी र सन्तुष्टि दिलाउँछ ।’ उनले भनिन ।

उनी गायिका पनि हुन लोक दोहोरी र तामाङ भाषाका गितहरूमा स्वर भरेकी छन् । विभिन्न संघ संस्थामा आबद्ध समेत रहदै आएकी तामाङले आगामि दिनमा पनि यस्तै सामाजिक कार्यहरूमा अग्रसर रहने बताएकी छिन् ।

वितरण कार्यक्रममा विद्यालयका शिक्षकहरू जनप्रतिनिधि, अभिभावक लगायतको उपस्थिति रहेको पत्रकार भूपेन घर्ती मगरले हामीलाई जानकारी दिनुभएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार