२०८१ बैशाख ९ गते आइतवार

विद्यालयको भाडा नतिरेपछि रास्वपाका प्रदेश महामन्त्री निलम्बित…



फागुन ०९ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कोशी प्रदेश महामन्त्री लालविक्रम थापा कारबाहीमा परेका छन् । उनलाई पार्टीको पेज फेसबुक पेज दुरुपयोग गरेको र सामुदायिक विद्यालयको जग्गाको भाडा नतिरेको भन्दै पार्टीले निलम्बन गरेको छ । उनले इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको आरोप लगाइएको छ । सो विषयमा पार्टीले उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको भन्दै पार्टीले कारबाही गरेको हो ।

उनले विद्यालयको २ कट्टा खाली जग्गा भाडामा लिएर सनमुन प्लाजा सञ्चालन गर्दै आएका छन् । प्लाजाबीच भएको सम्झौता अनुसारको भाडा नबुझाएको भन्दै पार्टीले स्पष्टीकरण सोधेको थियो । तर संवाद प्रक्रिया नै बन्द गरी कोशी प्रदेशको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८० भावना र मर्मविपरीत फेसबुक लाइभ गरी अनर्गल प्रस्तुति दिएको पार्टीको आरोप छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार