२०८१ असोज २७ गते सोमवार

दमार बस्तीमा खानेपानीको समस्या,गोलबजार नगरपालिकामा डाक्टर यादवले बुझाए ध्यानाकर्षण पत्र



विनोद मण्डल,फाल्गुन ८ । सिरहाको गोलबजार नगरपालिका वडा नं ३ दमारमा रहेको खानेपानी समस्या प्रति गंभीर हुँदै तत्काल समस्या सामाधानका लागि सामाजिक ब्यक्तित्व डाक्टर जय नारायण यादवले ध्यानाकर्षण पत्र बुझाएका छन ।

खानेपानीको चरम अभाब र पीडा खेपिरहेका २८ घरधुरीमा खानेपानी समस्या समाधानको लागि स्थानिय सरकारलाई गम्भीरताका लागि डाक्टर यादवले ध्यानाकर्षण पत्र बुझाउँदै संक्षिप्त कुराकानीमा ” पूर्व पश्चिम राजमार्गको वरिपरि रहेको गोलबजार नगरपालिका भित्र २१ औँ शताब्दीमा खानेपानीको चरम अभाब स्थानिय जनताले विगत लामो समयदेखि भोग्दै आए पनि हालसम्म स्थानिय सरकारको नजर उक्त ठाउँमा नपुग्नु लज्जितको विषय भएको ” बताउनु भएको छ ।

यता दमारबासीले हालसम्म कुनै पनि पार्टी संगठन गाउँमा आएर आफूहरुको समस्याप्रति वास्ता नगरेको अवस्थामा डाक्टर यादवले आफूहरुको समस्यालाई निकायसम्म पुगाएर ठूलो काम गर्नु भएको बताउँदै डाक्टर साहेब जस्तो व्यक्तित्वको खाचो गोलबजार नगरपालिकामा रहेको बताएका छन ।

स्थलगत अनुगमन अन्तर्गत डाक्टर यादव फाल्गुन ७ गते दमार बस्तिमा पुगेर उक्त ठाउँको खानेपानी समस्याको उठान गर्दै वाडा अध्यक्षलाई तत्काल जानकारी गराउनु भएको थियो ।

समसामायिक विषय प्रति आफ्ना गम्भीर ध्यानाकर्षण गर्दै सामाजिक ,राजनीतिक र पत्रकारिता जगतका शिखर ब्यक्तित्व डाक्टर जय नारायण यादव टोल बस्ती अभियानमा लाग्नु भएको छ ।

आफ्नो अभियानको पहिलो दिन गोलबजार नगरपालिकाको वडा नं ३ दमार बस्तीको स्थलगत अनुगमन गर्नुहुँदै आम जनताको आधारभूत आवश्यकता अन्तर्गत खानेपानीको बारेमा विवरणहरू संकलन गर्नु भएको थियो ।

करिब २८ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको चरम अभाब रहेको अवस्थामा उक्त ठाउँमा भएको खानेपानीको श्रोतहरु फालगुन महिनामा सुक्दा घण्टौं हिँडेर पानी बोक्नुपर्ने बाध्यता रहेको देखिन्छ ।

स्थानिय खोला नालामा खानेपानीको लागि भर पर्ने अवस्था रहेको यस भेकमा हालसम्म सरकारको गहिरो ध्यानाकर्षण गएको छैन ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार