२०८२ बैशाख २९ गते मङ्गलवार

भलिबलको मालाले सम्मान गरेपछि मुहारमा छाएको खुसी…



फागुन ०७ कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनाेट भएका १० स्थानीय तहलाई भलिबलको मालाले सम्मान गरेको छ ।

प्रतियाेगिताकाे उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिबाट सिफारिस भई आएका १० वटा स्थानीय तहलाई भलिबलकाे माला लगाइदिएर सम्मान गरिएकाे हाे ।

यो सम्मान पाउने स्थानीय तहहरुमा रुकुमकाे सानीभेरी गाउँपालिका, सुर्खेतकाे चौकुने गाउँपालिका, दैलेखकाे टाटीकाध गाउँपालिका, कालीकोटकाे तिलागुफा नगरपालिका, जुम्लाकाे तातोपानी गाउँपालिका, हुम्लाकाे खार्पुनाथ गाउँपालिका, डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका, जाजरकोटकाे छेडागाड नगरपालिका, सल्यानकाे कपुरकोट गाउँपालिका र मुगुकाे सोरु गाउँपालिका रहेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार