फाल्गुन ७ । दाङको तुलसीपुरस्थित एक बिरामीलाई तुल्सिपुरका युवाहरूले सहयोग गरेका छन ।
छिमेकी राष्ट्र भारतमा रोजगारी गर्दै आएका तुल्सीपुर उप -महानगरपालिका वडा ४ रक्षाचौरका सुदिप नेपालीलाई अज्ञात समुहले आक्रमण गरी घाइते बनाएपछि उनी जेनतेन नेपाल आफ्ना घर फर्किएका थिए ।
अङ्गभङ्ग हुने गरी घाइते बनाइएका नेपालीको आर्थिक स्थित अत्यन्त नाजुक भएको कारण उनले आर्थिक अभावले घरमै बिरामी भई बस्दै आएका छन् ।
नेपाली घरमै बस्दै आएका थाहा पाएर उनको उपचारमा सहजताका लागि स्थानिय युवाहरुको एक समुह उनको घरमा पुगेर आवस्यक सरसामान सहित आर्थिक सहयोग समेत गरेका छन ।
थला परेका नेपालीलाई तुलसीपुर ४ का युवाहरूको टोलीले ५१ हजार ६४० सहयोग गरेका छन् ।
सहयाेगी दाताहरु १, वसन्त कुमार खडका २. सुन्दर राेका ३- विक्रम वली ४- विवेक योगि ५*- जितेन वली ६- ध्रुव गौतम 6- प्रनव खड्का ८ गोविन्द हमाल ६ सुदन धर्ति मगर १०- चन्द्र वली ११- कुल व खडका १२ मधु खडका १३ लोक मणि गौतम १४ हेमराज वली १५ अर्जुन बस्नेत १६. कमल घर्ति लगायतको टोलीले ५१ हजार ६ ४० रुपैया सहयोग गर्नुभएको छ
परिवारको आर्थिक अवस्था निकै नाजुक भएकोले उपचार खर्च जुटाउँन गाह्रो भएको छ ।
समयमै उपचार हुन सके उनले पुर्नजीवन पाउँन सक्ने हुनाले स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण सहयोगी मनहरुले आर्थिक सहयोग गरि बिरामी सुदिप नेपाली उपचारमा थप सहयोग पु–याँइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।