२०८२ बैशाख ५ गते शनिवार

युथ अफ तुलसीपुरको आयोजनामा यही फागुन १५ गतेदेखि १७ दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने



दाङ, ७ फागुन । दाङको तुलसीपुरमा दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ । युथ अफ तुलसीपुरको आयोजनामा यही फागुन १५ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेका अनुसार कुस्ती प्रतियोगितामा भारत देखि ३० जना र नेपाली ५ जना गरि ३५ जना खेलाडीको सहभागिता रहने छन ।

प्रतियोगितामा ४ जना महिला खेलाडी पनि रहने लहरेले जानकारी दिए । पत्रकार सम्मेलनको सहजीकरण सचिव सुदीप नेपालीले गरेका थिए । उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने बताएको

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार