२०८१ माघ १ गते बुधवार

राेल्पामा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु



लुङ्ग्री गाउँपालिका -३ धनेखर्क स्थितबाट सिर्प जादै गरेको लु ४ त ६१७ नम्बरको ट्याक्टरको अगाडिको भागबाट खस्दा लुङ्ग्री गाउँपालिका -२ सिर्पका चन्द्र बहादुर खडकाको छोरा बर्ष ६ को सन्दिप खडकाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

शुक्रबार बेलुका करिब साढे सात बजेतिर उक्त घटना भएको हाे। ट्याक्टरबाट खसेर घाइते भएका बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा सामान्य उपचार पश्चात थप उपचारको लागी बुटवल रिफर गरिएकोमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए।

ट्याक्टर चालक लुङ्ग्री गाउँपालिका-२ सिर्पका २० वर्षिय दिपक बि.कलाई ईलाका प्रहरी कार्यालय सुलिचौरले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुप्ताले बताए

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार