२०८१ माघ १ गते बुधवार

दाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु



पश्चिम दाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्री रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख (इन्स्पेक्टर) अजयजंग थापाले जानकारी दिएका छन । उनका अनुसार गयराती साढे ८ बजेको समयमा शान्तिनगर १ को मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पट्किएर हात र पेटमा गोली र छर्रा लाग्दा खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको र साथमा एउटा बन्दुक फेला परेको प्रहरी निरीक्षक थापाले बताएका छन । उनीसँगै अन्य १०/१२ जना व्यक्तीहरु पनि जंगलमा गएको बुझिएकाले उनीहरुको खोजी भइरहेको उनले बताएका छन । मृतकको शव पोष्टमार्टमका लागी अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार