
बारा । बाराको बरियारपुरमा सडकमा शव राखेर प्रर्दशन गरिएको छ । बरियारपुरको इनर्वा चोकमा मृतकको शव राखेर उनका आफन्तले सडक अवरुद्ध बनाइ प्रदर्शन गरेका हुन् ।
सवारीको ठक्करबाट महागढीमाई नगरपालिका वडा नम्बर २ का ६० वर्षीय हरेन्द्र मिश्र गम्भिर घाइते भएका थिए । घाइते उनको एलएस न्युरो अस्पताल परवानीपुरमा उपचारको क्रममा निधन भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।
ठक्कर दिने सवारीलाई तत्काल खोजी कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतीपूर्ती दिनुपर्ने उनीहरुको माग छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार