२०८१ माघ १ गते बुधवार

बालिका बलात्कृत आरोपमा एक युवक पक्राऊ ।।।



विनोद मण्डल, फाल्गुन ३ । सिरहाको लहानबाट एक १५ वर्षीय बालिका बलात्कृत आरोपमा एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ ।

लहानको १ स्थित भाडामा लिएको घरमा बस्दै आएका सुखिपुर नगरपालिका वडा नं २ का १८ वर्षीय नितेश कुमार यादवले एक १५ वर्षीय बालिकालाई बलात्कृत गरी घाइते बनाएको आरोपमा उनलाई प्रहरीले पक्राऊ गरेको छ ।।

घाईते बालिकाको उपचार स्थानिय लाहान अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि विराटनगर स्थित एक अस्पतालमा पुर्याइएको छ र उपचार भइरहेको बालिकाको अवस्था सामान्य रहेको बुझिएको छ ।

घटनामा संलग्न नितेश कुमार यादवलाई लहानको तरकारी बजारबाट प्रहरीको टोली पुगेर नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धान जारी रहेको बुझिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार