२०८१ माघ १ गते बुधवार

दाङमा भएको सवारी दुर्घटनामा प्युठानका एकै घरका दुई दिदीबहिनीको मृत्यु



फागुन २ दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ। बुधवार दिउँसो राप्ती गाउँपालिका–८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ बर्षिया राधा बस्नेतको घटना स्थलमा र साइकलको पछाडि बसेकी उनकी बहिनी १६ बर्षिया विपना केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार