२०८१ पुष २८ गते सोमवार

वीरगन्जको आइसिपी भन्सार नाकाबाट भारतमा गाँँजा तस्करी



वीरगन्ज,०२फागुन: वीरगन्जको एकिकृत जाँच चौकी (आइसिपि) नाका हुदै भारत पुरयाइएको ठूलो परिमाणमा लागु औषध गाँजासहित एक नेपाली पक्राउ परेका छन् ।

वीरगन्जको आइसिपीसंग जोडिएको रक्सौलस्थित भारतीय आइसिपीको ४ नम्बर गेटबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ३ क्वीन्टल ७५ किलोग्राम गाँजासहित मकवानपुरका अम्बर बहादुरलाई बुधबार बिहान पक्राउ गरेको हो ।

वीरगन्जको आइसिपी नाका हुदैं भारत रक्सौलको आइसिपीमा पुगेको ना ४ च ८९७८ नम्बरको पिकअप गाडीलाई एसएसबीले शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त पिकअप गाडीको पछाडि पट्टीको भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा भेटिएको एसएसबीका ४७ नम्बर कमाण्डेण्ट विकास कुमारले जानकारी दिए ।

प्लाष्टिकको टेपले बेरेर २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा बरामद भएपछि गाडीका चालक अम्बर बहादुर र गाँजासहितको गाडी नियन्त्रणमा लिइएको उनले बताए ।

यसअघि एक हप्ता पहिलेपनि अर्थात गत माघ २५ गतेपनि रक्सौल आइसिपीको त्यहि गेटबाट एसएसबीले नेपालबाट भारत भित्रयाउन लागिएको अवस्थामा २ क्वीन्टल ६ किलोग्राम गाँजा बरामद गरेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार