२०८१ पुष २८ गते सोमवार

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृ:त्यु



पाल्पाको तिनाउ गाउँपालिका-६ मस्याममा जीप दुर्घटना भएको छ । मंगलबार डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको बताइएको छ ।

डुम्रे बजारबाट घर फर्कंदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । थप १५ जनालाई अस्पताल पठाइएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा उद्धारको काम भइरहेको र सबैलाई प्रभासस्थित मेडिकल कलेज ल्याउँदै गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार