२०८१ माघ १ गते बुधवार

तुलसीपुर महोत्सवमा गित गाउनलाई मैले तपाईं सङ्ग चिया खानु पर्छ हो : टीका सानु



दाङ, २९ माघ । दाङको घोराही र तुलसीपुरमा अहिले मेला महोत्सव चलिरहेको छ यहीँ समयमा गायिका टीका सानुले आफ्नो फोटो ब्यानरमा हालिएको तर आफू संग आयोजक टिमको कुरा नभएको बताएकी छिन् ।

आफ्नै गृहजिल्लामा मेला महोत्सव लाग्दा पनि आफुलाई कुनै खबर नभएको र आफुले स्वयम कुरा गर्दा पनि समय दिन नसकेको ऊनी आफ्नो फेस्बुक मार्फत जानकारी दिएकी छिन् ।

ऊनी आफ्नो फेस्बुकमा यस्तो लेखेकी छिन्  ,

नमस्कार !
मैले गायको दोहोरी गित मन पराउनुहुने मेरा प्रीय आदरणीय सम्पुर्ण सुभचिन्तक अझ मेरो गृहजिल्ला दाङ बासी आमाबुवा दाजुभाई दिदिबहिनी सबैमा मीठो माया र सम्झनाछ।
आजको यो लेख अन्तिम सम्म पढिदिनुहोला

अहिले दाङको मुख्यशहर तुल्सिपुर र घोराहिमा महोत्सव चलिरहेका छन तुल्सिपुर र घोराही महोत्सव का पोस्टर आउट हुन बित्तिकै बाट दर्सक मध्यका केही ब्यक्तिहरुले मलाई सोध्न थाल्नुभयो किन तपाइको फोटो राखियन आउनुहुन्नर?
मैले भने अह होइन मैले आउदैन भनेको छैन मलाइ कसैले जानकारी गराउनुभयको छैन 2/4 दिन बित्यो हल्लाखल्ला भयो तुल्सिपुर महोत्सव को होनहार मान्छेलाई एकजना मेरो फेसबुक मा फ्रेन्ड भाको मान्छेले सोध्नुभयछ टीका सानुको फोटो किन राखियन ? उहाले भन्नुभयछ उनी दाङ आउदा कहिले हेलो हाइ दाजु कता हो भेटौ एसो चियानास्ता गरौ गफगरौ कहिले भन्दिनन एसो बोलचाल भैरहेपो सम्झना आउँछ । ओहो यो सुनेपछी म छक्क परे मलाइ सारै अप्ठ्यारो लाग्यो आफ्नो गाउँ आफ्नो ठाउँ र आफ्नो जन्म ठाउँ का मान्छेहरु त परिवार सरह हो के मैले तुल्सिपुर महोत्सव मा गित गाउन लाई तपाईं सङ्ग चिया खाने गफ गर्ने खाना खाने गर्नुपर्छहो?? कि अरु केही पनि बाकी छ भनेर फोन गर्छु भन्नी सोच बनाय फेरि आफुलाइ सम्झाय म उनी जस्तो हुनुहुन्न होस दाङले बिर्सेको होइन दाङका सबै मान्छेले बिर्सेका होइनन केही मान्छेले हो फेरि नेपालका धेरै भन्दा धेरै जिल्लाहरुमा त म कोइ सङ्ग चिया नास्ता नगरी पनि त पुगेकैछु नि होस,भनेर चुप बसे केही दिनमा फेरि केही दाजुभाइले फोन गरेर हामी सारै दुखी छौ बहिनी हामी आयोजक ज्युहरु सङ्ग सल्लाह गर्छौ सल्लाह भयन भने हल्ला गर्छौ भन्नुभयो मैले नाइ हुन दिनु दाइ तेस्तो केही नगर्नु छोट्दिनु भने सायद उहाहरुले केही भन्नुभयो कि किन हो मेरो फोटो पनि राखियको पोस्टर आउट भयो तर पनि म खुशी त थियन किनकी मलाइ कसैले भनेपछी समाबेश गरियको हो जस्तो लागेर खिन्न लागिरह्यो तर पनि म ठिकै छ भन्नी सोचेर बसे कार्यक्रम सम्योजक कोहो तेहाको मलाइ था छैन एकचोटी हजुरको समय कहिले छ कहिले राखौ भनेर फोन गर्नुभयन आज म आफैले एसो आफ्नो सेडुयल हेर्दा 5 गते भ्याउदोरैछु । अनि फोन sms गरे चिनाजान र त्यो महोत्सव सङ्ग सम्बन्धित ब्यक्तिहरुलाइ उहाहरुले के भन्नुभयो भने पैला पैसा क्लियर गरौ ok भने मैले आफ्नो कुरा राखे तेसपछी समयको कुरा भयो 5 गतेको लागि म सल्लाह गरेर भनिहाल्छु भन्नी कुरा भो केही बेर sms पर्खे आयन फेरि के भयो दाजु भन्दा 5 गते मिल्दैन अरु दिन भन अनि मैले भने अरु दिनत मैले नभ्याउदो रैछु दाइ उहाले भन्नुभयो मिलाउन । मिलाउन मिल्ने थियन मैले मिल्दैन भने यत्तिकै मा कुरा टुंगो लाग्यो । सायद उहाहरुले अन्य आयोजक ज्युहरुले जस्तै 2/4 दिन पहिले फोन गरेर समय बुझेकोभय मिल्थ्यो पनि होला तर तेस्तो हुन सकेन खैर केही छैन मैले दाङ बाट तपाइको पालो कहिले हो भनेर सोध्ने मेरा सुभचिन्तकहरुलाइ यक यक गरेर जवाफ दिन समयलाग्ने भाकोले मेरो फेसबुकबाटै आधिकारिक जानकारी गरायकोछु ।
घोराही महोत्सव को के कुरा गरु भो कुरै गर्दिन
नोट = नेपालका 45/50 जिल्ला मा दोर्याई तेहेराइ कार्यक्रम मा गित गाउन गयकी छु तर आयोजक सङ्ग सङ्गै बसेर चियानास्ता गरेर होइन है हजुर ।


प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार