२०८२ बैशाख २९ गते मङ्गलवार

प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाका परिवारले घाँटी रेटेर ह:त्या



माघ २९

प्रेम गरेको कारण ज्यान गुमाउनुपर्यो। प्रेमसम्बन्धकै कारण शैलुङ गाउँपालिका– ४ मा एक युवकको ह:त्या भएको छ । गत ११ पुसमा दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीलाई प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाका परिवारले घाँटी रेटेर ह:त्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाले आइतबार पत्रकार सम्मेलन गरी उक्त बीभत्स हत्यामा संलग्नलाई सार्वजनिक गरेको छन

ह,त्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका– ५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई दोलखा प्रहरीले सार्वजनिक गरेको हो । उनीहरूले प्रहरीमा भण्डारीको ह:त्या खुकुरीले घाँटी रेटेर गरेको बयान दिएका छन् । दोलखा प्रहरी प्रमुख दीपक खड्काले युवकको ह,त्यामा उनीहरूको संलग्नता देखिएको र ह:त्या प्रेमसम्बन्धका कारण भएको बताउनु भएकाे

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार