नवल यादव ,२८माघ:पर्साकाे सखुवाप्रसाैनी गाँउपालिकामा आयाेजित राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिताको उपाधि दीपनारायण आदर्श उच्च मावि ओैराहा पचगाँवाले जितेकाे छ ।
ओैराहा पचगाँवास्थित खेल मैदानमा शनिबारदेखि सुरु भई आइतबार सकिएकाे प्रतियोगितामा ९ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै दीपनारायण आदर्श उच्च माविले राष्ट्रपति रनिङ शील्ड जितेको हाे।
यस्तै प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्दै नेपाल राष्ट्रिय मावि महुवन दाेस्राे भयाे भने ४ स्वर्ण,४ रजत र ४ कास्य पदक जितेकाे नेपाल राष्ट्रिय मावि सिरही सथवल तेस्रो भयाे।
आइतबार प्रतियोगिताको समापन समाराेहमा पहिलाे ,दाेस्राे र तेस्रो भएका विद्यालयलाई गाँउपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, शिक्षा शाखा प्रमुख नेपालेन्दु साह र वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महत्ताे थारुले शील्ड,मेडल र प्रमाणपत्र प्रदान गरे।
शनिबार गाँउपालिका अध्यक्ष यशवन्त यादवले उद्घाटन गरेकाे प्रतियोगितामा गाँउपालिका अन्तरगत रहेका २९ वटा मध्ये सात वटा विद्यालयले भाग लिएका थिए।








