२०८२ बैशाख २९ गते मङ्गलवार

पर्सा को बिरगंज महानगरपालीका मा आज देखि प्रथम अल्पाइन कप शुरु



नवल यादव
पर्सा , माघ २७

प्रथम अल्पाइन कप टि-ट्वान्टी क्रीकेट प्रतियोगिता आज देखि शुरु भएको छ ।
वीरगञ्ज र कलैयाका गरि १६ वटा +२ विद्यालयहरुको सहभागिता रहने यो टुर्नामेण्ट फागुन १९ गते सम्म चल्ने आयोजकले बताएका छन ।

आज भएको टुर्नामेन्टको औपचारिक उदघाटन सङ्गै प्रतियोगिता अन्तर्गतका २ खेलहरु समेत हुँदै छन ।आजको उदघाटन सङ्गै भएको पहिलो दिनको पहिलो खेल आयोजक अल्पाइन र मिनिल्याण्ड मावी बिच तथा दोश्रो खेल ज्लोबल र डेसिमल मावी बिच हुने जानकारी प्राप्त भएको छ
क्रीकेट खेलको बढ्दो लोकप्रियता सङ्गै पछिल्लो समय वीरगञ्जका खेलाडी हरुलाइ आफ्नो प्रतिभा देखाउने राम्रो अवसरका रूपमा यस्ता प्रतियोगिता हरु लाई लिन सकिने जानकार हरु बताउँछन् ।

वीरगञ्ज लगायत आसपासका ग्रामीण भेगमा समेत क्रीकेट प्रतिको बढ्दो उत्साह र विरगञ्जेली विद्यार्थीहरु भित्रको प्रतिभालाइ उचित अवसर प्रदान गरि विश्व सामु चिनाउन सकिने आट्का साथ पछिल्ला दिनहरुमा वीरगञ्जका कलेज सञ्चालक हरुमा समेत बढ्दै गएको खेल प्रतिको आकर्षणले पनि आफुहरुलाइ यो टुर्नामेन्ट आयोजना गर्न उत्साहित बनएको अल्पाइन +२ स्कुलका सञ्चालक विनोद उपाध्यायले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार