२०८१ माघ १ गते बुधवार

फरार प्रतिवादी पक्राऊ “



विनोद मण्डल, माघ २४। सोलु प्रहरीको “फरार प्रतिवादी पक्राउ “अभियान अन्तर्गत प्रहरीले अशक्त कुटपिट मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अशक्त कुटपिट मुद्धाका २ दिन कैद भएका ओखलढुंगा मानेभञ्ज्याङ गा.पा.वडा नं.०२ का २८ वर्षीय धन कुमार राईलाई सोलु दुधकुण्ड न.पा.वडा नं.०७ गार्माबाट पक्राउ गरेको छ ।

पक्राऊ परेका राईलाई आवस्यक कारवाहीको लागि सोलुखुम्बु जिल्ला अदालत सोलुखुम्बुमा उपस्थित गराई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय सोलूले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार