२०८१ पुष २८ गते सोमवार

बारा : नक्कली नेपाली नोटसहित सर्लाहीका एक जना महतो पक्राउ



बारा । जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर नगरपालिका – ३ बस्ने ४४ वर्षीय राम चन्द्र महतो रहेका छन् । उनलाई मङ्गलवार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महतोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार