२०८१ पुष २८ गते सोमवार

पर्सा प्रहरीले स्रोत नखुलेको चार लाख रुपैयाँसहित वीरगञ्जबाट बिरेन्द्र कलवार पक्राउ



वीरगञ्ज : पर्सा प्रहरीले स्रोत नखुलेको चार लाख रुपैयाँसहित वीरगञ्जबाट बिरेन्द्र कलवारलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई वीरगञ्जको घण्टाघर चोकबाट पक्राउ गरेको हो । पर्सा प्रहरीलाई आएको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रहरी उपरिक्षक कोमल बिक्रम शाहले जानकारी दिएका छन् । उनको साथबाट पाँच सय र एक हजारका स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ गरेका विरेन्द्र कलवार माथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार