![](https://raptisanchar.com/wp-content/uploads/2021/06/default.jpg)
२०८०,माघ २२ दाङ तुल्सिपुर। “स्थानिय वस्तु प्रवर्धन , समृद्ध नेपाल निर्माण हाम्रो अभियान ” मुख्य नारासहित तुलसीपुर महोत्सव २०८० माघ २४ गतेदेखि फाल्गुन ८ गतेसम्म दाङको तुलसीपुरमा आयोजना हुन लागेको कार्यक्रमको व्यानरमा कलाकारको सहमति बेगर पल शाहको तस्बिर राखेर व्यानर प्रचार प्रसारको लागि प्रदर्शनमा राखेपछि व्यापक बिरोध हुन लागेको छ ।
तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको चौतर्फी विरोध भइरहेको छ ।
चर्चित नायक पल शाहको फोटो राखेर उद्योग बाणिज्य संघ दाङले पोष्टर सार्वजनिक गरेपछि पल शाहले आफ्ना फेसबुक पेजमा लेख्नुहुन्छ ।
” अहिले म चलचित्र “पुजार सार्की” को सुटिङमा करिब ४० दिन सम्म व्यस्त छु ! माघ १० गते सम्म मैले मेरो तालिकामा राखेको सबै मेला,महोत्सव सकेर अहिले सुटिङमा आएको छु र फिल्मको छायांकन नसकीए सम्म मेरो तालिकामा कुनै मेला महोत्सव समावेश छैन ! तर कतिपय मेला, महोत्सव आयोजकले गलत नियत राखेर म आउने भनि प्रचारप्रसार भएको सामाजिक सञ्जालमार्फत थाहा पाएको छु । मलाई माया गर्ने सम्पुर्ण प्रति भ्रमित नभइदिन अनुरोध गर्दछु । भ्रम सिर्जना गरी रहनु भएका आयोजक ज्युहरु कृपया दर्शकहरू माझ झुटो भ्रम नफैलाई दिनहुन सादर अनुरोध गर्दछु “
यदि यसरी पल शाहले लेखेको हो भने वास्तवमा नाम बेचेर आम दर्शकलाई मेलामा जम्मा गरेर पछिबाट विभिन्न वहानाको सिर्जना गर्दा उत्पन्न हुने परिस्थितिको जिम्मा कसले लिने ?
ठूला मेलाको आयोजना गरेर अरूको नाम बेचेर नाम कमाउनु भन्दा स्थानियको सहभागितामा आयोजित कार्यक्रम अगाडि बढाउन सकिएको खण्डमा उत्तम मानिन्छ ।