कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा ८ ओेटा खानेपानी ओभरहेड टंकी निर्माण हुने भएको छ । स्थानीयलाई शुद्ध पिउने पानीको व्यवस्थाकाे लागि ८ ठाउँमा खानेपानी आयोजनाको काम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा निर्माण भइरहेको खानेपानी ओभरहेड टंकी र अन्य थप निर्माण गर्नका लागि उक्त स्थलमा पुगेर एक टाेलीले अनुगमन गरेकाे गाउँपालिकाले जानकारी दिएकाे छ ।
शुक्रबार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ताैलिहवाका प्रमुख दिनेश प्रसाद शाह, प्राविधिक युद्ध बहादुर गुप्ता र विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, २ का वडा अध्यक्ष नेपाल चाैधरी र ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी लगायतको टाेलीले अनुगमन गरेकाे हाे ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले सबै नागरिककाे घरमा शुद्ध खानेपानी पुग्ने गरि खानेपानी ओभरहेड टंकी निर्माण गरिने काम भई रहेको बताए । उनले ‘एक घर, एक धारा’ लक्ष्य अनुरुप गाउँपालिका भरि सबै नागरिककाे घर-घरमा शुद्ध खानेपानी पुग्ने गरि ओभरहेड टंकी निर्माण लगायतकाे कामकाे प्रक्रिया सुरु भई सकेको जनाए ।
अध्यक्ष थापाले गाउँपालिकाे नाैडिहवा, बनखेत, लाेहराैेला, पडरिया, जगदीशपुर, शंकरपुर, मधुनगर र बडसुडवामा खानेपानी ओभरहेड टंकी निर्माण गर्न लागिएकाे जनाए । उनले जगदीपुर र शंकरपुरमा खानेपानीकाे बाेरिङ जडान सफल भई सकेको बताए ।
यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख दिनेश प्रसाद शाहले खानेपानीको आयाेजनाकाे कामलाई तीव्रता दिएकाे बताएका छन् । उनले बजेट अनुसार काम खानेपानी आयाेेजनाकाे काम सञ्चालनमा समेत रहेकाे बताउँदै अन्य ठाउँमा खानेपानी बाेरिङ जडानका लागि अनुगमन गरिएकाे बताए । खानेपानी आयाेजना चुस्तदुरुस्त सञ्चालनका लागि संस्था दर्ता, समिति निर्माण लगायत आवश्यक प्रक्रियामा अगाडी बढि सकेकाे उनकाे भनाई छ ।