
आशिष केसी
तुलसीपुर – १८ माघ
दाङ तुलसीपुरमा लागेको आगो नियन्त्रणमा आएको छ ।तुलसीपुरको (क लाईन) स्थित नरेश राजभण्डारीको घरमा लागेको आगो नियन्त्रणमा आएको हो । आगलागीबाट एउटा सुन पसलमा क्षती भएको छ । त्यस्तै कपडा पसल र कस्मेटिक पसलमा आंशिक क्षती भएको छ । आगलागी बाट भएको क्षतिको पुर्ण विवरण भने आउन बाँकी छ ।
आज बेलुका करिब ७ बजेतिर आगलागी भएको थियो । तुलसीपुर उपमहानगरपालिकाको दम्कल, शुरक्षाकर्मी र तुलसीपुर बासीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । आगो के कारणले लागेको भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार