भोजपुरमा १९वर्षीयाकिशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा षडानन्द नगरपालिका – ८ सेमिङ बस्ने ५६ वर्षीय चुडाबहादुर कार्की छन् । उनलाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कार्कीले ती किशोरीलाई सोमवार दिउँसो सोही नगरपालिका – ८ आहाले कुलोस्थित बनमारा घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार