२०८२ बैशाख २९ गते मङ्गलवार

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ३ को श्री जनता माध्यमिक विद्यालय औरैयामा चार कोठे भवनको शिलान्यास



माघ १७ रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ३ को श्री जनता माध्यमिक विद्यालय औरैयामा चार कोठे भवनको शिलान्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको लागतमा निर्माण हुने भवनको एक कार्यक्रमकाबीच नगर प्रमुख कौशलया देवी र उप_प्रमुख प्रवेज आलमले शिलन्यास गरेका हुन् ।

विद्यालय भवनको शिलान्यास गर्दै नगरप्रमुख देवीले अथक प्रयास र मेहनतले भवन निर्माणका लागि बजेट प्राप्त भएको बताए । ईसनाथलाई नमूना नगरको रुपमा विकास गर्ने अठोटका साथ अगाडि बढेको बताउँदै उनले शिक्षाको हब बनाउने गरी विशेष प्राथमिकतामा राखिएको बताए । भवन निर्माण भएपछि अहिले भइरहेको कक्षाकोठा अभावको समस्या समाधान हुने उनको विश्वास छ ।

कार्यक्रममा ईशनाथ नगरपालिकाका उप-मेयर प्रवेज आलम, प्रमुख प्रशासकीय अधिकृत भुदेव झा ,पुर्व CDO रामसरूप सिंहा ,शिक्षा संयोजक , एक वाड देखि ४ वाडाका वाडअध्यक्ष , प्रधानाध्यापक भिखर पटेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष , नगर प्रवक्ता , लेखापाल मनोज ठाकुर, लगायत शिक्षक–शिक्षिका, छात्रछात्रा, स्थानीय भद्रभलादमी, बुद्धिजीवी, शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार