दाङ तुल्सिपुर १७ माघ । तरुणदल तुलसीपुर नगर अध्यक्ष कमल घर्तीले मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) दाङ शाखाको भवन निर्माणको लागी संचालन गरिरहेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा आर्थिक सहयोग गरेका छन् ।
मानवसेवा आश्रम तुलसीपुरले २०८० माघ १३ देखी माघ २० सम्म भवन निर्माणको लागी संचालन गरिरहेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा अध्यक्ष घर्तीले रु.११,१११/- सहयोग गरेका हुन् । एक युवा नेता मान्निने घर्ती पछिल्लो समयमा राजनीतिक संग संगै सामाजिक कार्यमा निकै सक्रियता देखिदै आइरहेका छन् । तुल्सिपुर क्षेत्रका सक्रिय युवानेता समेत रहेका छन्। तुलसीपुरमा सक्रिय रूपमा व्यवसाय पनि गर्दै आएका छन गरिब दुःखीलाई सहयोग पनि गर्दै आएका छन्।
प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार