२०८१ माघ १ गते बुधवार

पश्चिम दाङमा पार्टीप्रति आकर्षण बढेको छः कुबेर ओली



तुल्सीपुर १३ माघ ।

नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) शान्तिनगरको  अध्यक्षमा दिपेश भण्डारीलाई चयन गरिएको छ। शुक्रबार भएको तेस्रो सम्मेलनले भण्डारीको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको हो। जसको उपाध्यक्षमा धनबहादुर पुन, विकास केवाली र अभिषेक भण्डारी रहेका छन्। त्यस्तै सचिवमा सन्तोष बिक, सहसचिवमा झग्गु चौधरी, प्रविन थापा, यज्ञ थापा र प्रविण नेपाली रहेका छन्। कोषाध्यक्ष बैठकले चयन गर्नेछ।

पार्टीका केन्द्रीय निर्वाचन आयोग संयोजक कुबेर ओलीको प्रमुख आतिथ्य तथा पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको विशिष्ट अतिथितामा कार्यक्रम भएको हो। कार्यक्रममा प्रमुख अतिथि ओलीले पश्चिम दाङमा विकासले फड्को मारेको भन्दै यसलाई प्रचारप्रसार गर्नुपर्ने बताए ।  पार्टीको नेतृत्वमा भएका कामहरुलाई जनतामा लैजानका लागि वाईसिएलको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।  पश्चिम दाङले पहिलो पटक अर्थमन्त्री पाएपछि विकासले गति लिएको भन्दं यस्ले पार्टी प्रति जनताको आकर्षण बढेको बताए । अहिले पार्टीमा प्रवेशको लहर चलेको भन्दै यसले देशमै चर्चाको विषय बनाएको उनको भनाइ थियो ।

कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीले  आफ्नो कार्यकालमा पश्चिम दाङमा देखिने विकास गर्ने बताए । अहिले आएको बजेटले पश्चिम दाङबासीलाई खुसी बनाएको भन्दै यसले पार्टीमाथि पार्टीमाथि प्रवेश गर्नेको लहर बढेको बताए । कार्यक्रममा वाईसीएलका केन्द्रीय सचिव तथा पार्टीका लुम्बिनी प्रदेश सदस्य प्रविण ओली,वाइसेलका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज अमर नेपाली माइकल, केन्द्रीय सदस्य हरिश गिरी, जिल्ला संयोजक माधव बुढाथोकी,पार्टीका शान्तिनगर गाउँपालिका अध्यक्ष नेपबहादुर रोका लगायतले मन्तव्य व्यक्त गरेका थिए। एकराज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वैसेलका शान्तिनगर इन्चार्ज जीवन खड्काले गरेका थिए।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार