२०८१ पुष २८ गते सोमवार

बलात्कार गरेको आरोपमा एक जना पक्राउ



धनकुटामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

साँगुरीगढी गाउँपालिका-८ का ४४ वर्षीय अनके लोहोरूङ राई पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले बिहिबार दिउँसो पक्राउ गरेको हो।

उनीविरूद्ध बालिकालाई सोही गाउँपालिका-८ टप्पु डाँडास्थित गोठमा मंगलबार बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार