२०८१ माघ १ गते बुधवार

दुर्गा प्रसाईँ माघ १२ गते घोराहीमा आउँदै



९ माघ राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाईँ दाङको घोराहीमा आउन लागेको बताएको छ माघ १२ गते घोराहीमा हुने विशाल नागरिक अभियान कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेको बताएको छ नागरिक बचाउ अभियानका राप्ती अञ्चल समिति दाङका कोषाध्यक्ष तारा प्रसाद खड्काले जानकारी दिनुभयो ।
चिकित्सा व्यवसायी रहेका दुर्गा प्रसाईँले पछिल्लो समय नेपालको वर्तमान संघीय सरकारलाई चुनौती दिदै नेपालमा संवैधानिक राजतन्त्र स्थापना गर्नका लागि बारम्बार सामाजिक र राजनीतिक अभियान चलाइरहनु भएको छ । त्यसैगरी राष्ट्रव्यापी रूपमा सञ्चालन गरेको बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर्ने अभियानका कारणले पनि नागरिकले साथ दिँदै आइरहेका छन

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार