विनोद मण्डल, । सिरहाको धनगढीमाई १० धनगढी बजारमा रहेको रामजानकी मन्दिर दिनभरी भरी भराऊ र सजिसजाऊ रहेको छ ।
भगवान रामचन्द्रको प्राण प्रतिष्ठाको पावन अवसरमा आयोजित कार्यक्रममा वाडा नम्बर १० का वाडा अध्यक्ष सरोज महतोको समेत सहभागिता रहेको थियो ।
आज बिहान करिब ९ बजेको समयमा मन्दिर परिसरबाट निकालिएको बाजागाजा र आम भक्तजनको सहभागितामा विशाल रयाली निकाल्दै नगर परिक्रमा गर्दै स्थानिय जलासयबाट जल यात्रा गरी आजै बजारमा रहेको हनुमान मन्दिरमा २४ घण्टे अष्ठजाम कार्यक्रमको आयोजना गरिएको छ ।
बिहान देखी निरन्तर धार्मिक कार्यका लागि स्थानिय धनगढी बजारका समाजसेवी , बुद्धिजीवी लगायतको नेतृत्वमा निकालिएको र्यालीमा सहभागी सबैलाई श्री राम लिखित झण्डा प्रदान गरिएको थियो ।
नगर परिक्रमापछि भक्तजनलाई रामजानकी मन्दिर परिसरमा भगवानको प्रसाद वितरण गरिएको थियो ।
विधिपूर्वक बिहान पूजा पाठ सकिए पछि राम लक्षमण र हनुमानको भूमिका निर्वाह गरेकालाई रथमा राखेर यात्रा गराईएको थियो ।
बिहान निकालिएको र्यालीमा बजारका सबै सहभागी भएका थिए भने स्थानिय समाजसेवी , बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
पूर्व पश्चिम राजमार्गको धनगढी बजारमा यतिबेला रामजानकी मन्दिर परिसरमा दीप प्रज्वलनको लागि श्री राम लेखेर उक्त ठाउँमा सो अनुसारको दियो कलश राखेर दीप प्रज्वलनको तयारी भएको छ ।
आजको कार्यक्रम आयोजनामा स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतको उलेख्निय योगदान एकातिर रहेको छ भने अर्कोतिर वाडाका सबै ठाउँहरूमा श्री राम लिखित झण्डाहरु चारैतिर राखेको दृश्यले धनगढी बजार रंगिनुका साथै बजार सजिएको छ ।








