२०८२ बैशाख ५ गते शनिवार

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाका दिन तुल्सिपुर ४ मजुवा) ठुलाखालीमा खुसियाली मनाइयो




माघ ८ भारतको अयोध्यामा नव निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाका दिन तुल्सिपुर ४ मजुवा) ठुलाखालीमा रहेको मन्दिर परिसरमा दिप प्रज्वलन गरि खुसियाली मनाइने भएको छ । माघ ८ गते भारतको अयोध्यामा हुने राम मन्दिरको प्राणप्रतिष्ठाको सुखियालीमा मजुवामा ४ स्थित मन्दिरमा विशेष कार्यक्रम गरि खुसियाली मनाइने भएको हो कार्यक्रममा स्थानीयहरूको सहभागीमा दीप प्रज्वल गरिएको थियो।साे अबसरमा पूर्व अध्यक्ष व्यवस्थापन समिति मित्र लाला खडका , निमित उपाध्यक्ष मन बहादुर वलि कोषाध्याक्ष लाेक मनि गाैताम समाजसेबी युबा व्यवसायी रमेश के सी ,हरी बहादुर खडका ,सुमन ओली लगायत उपस्थित भएका थिए।
करिव ५०० बर्ष अगाडि मुगल बादशाह बाबरको बरबरताले तहसनहस पारिएको करोडौँ हिन्दूहरुको पबित्र भूमि (holiland) अयोध्यामा भगवान श्रीराम बिराजमान हुनु भएको खुसियालीमा तुलसीपुर वडा न ४ (मजुवा) ठुलाखालीमा रहेको मन्दिर परिसरमा दिप प्रजनन गरी हर्षउल्लास मनाइएको छ ।
जय श्रीराम !🙏

https://youtu.be/nIINmaj0wT8?si=OgZK3OiFInYWUysz
भिडियो click

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार