
काठमाडौंको शोभा भगवतीमा लिभिङ टुगेदरमा बसेकी महिलाको ह<त्या भएको छ । ह>त्या आरोपमा प्रहरीले उनीसँग बस्ने पुरुषलाई पक्राउ गरेको छ । कोठाभित्र तनहुँकी सोफिया मियाँको शव भेटिएको थियो ।
बन्द कोठा फोरेर हेर्दा शव भेटिएको थियो । आरोपी व्यक्ति केही समय अघि नै भारत गएर बसेको र नेपाल फर्किएको मौकामा पक्राउ परेको प्रहरीले जनाएको छ ।‘अन्य व्यक्तिसँग सोफिया सम्पर्कमा रहेको देखेपछि हत्या भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मृतक र ह<त्या आरोपी दुवै विवाहित हुन् । ८ वर्षअघि काठमाडौं आएर सिलाईबुनाईको काम गरिरहेका भारतीय नागरिक ४/५ वर्षयता ती महिलासँग लिभिङ टुगेदरमा रहेको अनुसन्धानबाट खुलेको छ ।बताएको
प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार