
माघ ०७ दाङको तुलसीपुरमा श्रीमानले स्टिलको रड प्रहार गरी श्रीमतीको ह:त्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका ४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमति ४२ बर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिएका छन । रक्सीले मातेका पेण्डुवाले गएराती १० बजेतिर श्रीमतीलाई रड प्रहार गरेका हुन् । रड प्रहारबाट घाइते श्रीमती लक्ष्मीको घटनास्थलमै मृ:त्यु भएको हो । प्रहरीले पेण्डुवालाई पक्राउ गरिसकेकाे छ ।
श्रीमतिको हत्यापछि पेण्डुले आफ्नी श्रीमति हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई आग्रह गरेका थियो सहयोगका लागि पुगेका दुई छिमेकी माथि पनि पण्डुले रड प्रहार गरि घाइते बनाएका छन् । तर उनीहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ
प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार