२०८१ असोज २७ गते सोमवार

जाजरकोटको छेडागाड नगरपालिका-०९, बुदार्नका देबबहादुर महताराको उपचारका क्रममा निधन



माघ ४

जाजरकोटको छेडागाड नगरपालिका-०९, बुदार्नका देबबहादुर महताराको उपचारका क्रममा निधन भएको छ ।

आइतबार भिरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल ´नर्सिङ होम`मा लगिएको थियो । घाइते भएको ५ दिनसम्म पनि अचेत अवस्थामा रहेका महताराको आज बिहान निधन भएको लोकेन्द्र महताराले जानकारी दिए ।

आइतबार बिहान बुदार्नस्थित तुलधाराको भिरमा रुखमा रहेको घाँस ल्याउन जाने क्रममा उनी लडेका थिए । महतारा भिरबाट करिब ३ सय मिटर तल खसेका थिए । उनको टाउको, खुट्टा र शरीरमा चोट लागेको थियो ।

उनलाई छेडागाड नगरपालिका-५ थलहमा रहेको शाही शिवालय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले अवस्था जटिल रहेको भन्दै बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा थप उपचारका लागि रिफर गरेको थियो ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार