सल्यान, २९ पुस ।
सल्यानमा तरुल खन्ने क्रममा झन्डै सय मिटर माथिबाट खसेको ढुंगाले लागेर एक पुरुषको मृत्यु भएको छ ।कालिमाटी गाउँपालिका-७, स्वामिबाँसका अन्दाजी बर्ष ४२ का भीमबहादुर भनिने धनबहादुर आलेको ढुंगाले लागेर मृत्यु भएको हो ।आलेले घर नजिकैको जंगलमा वन तरुल खन्दै गरेको बेलामा करिब सय मिटरमाथि कालिमाटी गाउँपालिका-६ जुमखोला घर भएका ४४ वर्षीय घनश्याम घर्तीले पनि तरुल खन्ने बेलामा खसाएको ढुंगाले लागेर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार आलेको टाउकोमा गहिरो चोट लागेको थियो । मृत्यु भएका आलेको शव पोष्टमार्टमको लागि नेपालगन्ज लगिएको छ । ढुंगा खसाउने घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार