२०८१ माघ १ गते बुधवार

फोटाग्राफरलाई व्यावसायिक अभिमुखिकरण



२८ पौष । दाङमा फोटाग्राफरको लागि ब्याबसायिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दाङ जिल्ला फोटोग्राफर एशोसियसनको आयोजनामा घोराही–१५ पौवा होटलमा कार्यक्रम सम्पन्न भएको हो । आफ्ना पदाधिकारी,शाखा अध्यक्ष,सल्लाहाकारका बिच ब्याबसायिक अभिमुखिकरण गरेको हो ।

जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षता तथा जिल्लाका पूर्व अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रशिक्षकको रुपमा दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व सचिव तथा उद्यमशिलता बिकासका प्रशिक्षक सुन्दर गौतम रहेका थिए । उनले व्यावसायिक सङ्गठन निर्माणको अर्थ​, महत्व र सन्चालन प्रक्रिया,फोटो व्यवसायको वर्तमान अवस्थामा देखिएका चुनौति अबसरका साथै सफल व्यबसायीका लागी आवश्यक पक्षहरुमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा बोल्ने सहभागिहरुले समयको माग अनुसार यस्ता कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीको तर्फबाट बोल्दै सचिव मिसन सुनारले समय सान्दर्भिक आवश्यक ज्ञान प्राप्त गर्न पाएकोमा खुशि ब्यक्त गरेका थिए । फोटोग्राफर एशोसियसनका उपाध्यक्ष नारायण बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिब लक्ष्मण न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार