![](https://raptisanchar.com/wp-content/uploads/2021/06/default.jpg)
चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।
काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको छ ।
भ्यानमा ६ जना सवारमध्ये चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुईजना घाइतेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा. सृष्टि तिवारी घाइते छन् ।
प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार