२०८१ माघ १ गते बुधवार

तुलसीपुरका दुई छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।



रमेश वलि२७ पुस । तुलसीपुरका दुई छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँ निवासी ५१ वर्षीय पुणर् बहादुर नेपाली र एक जना नाम ठेगान नखुलेका व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

नेपालीको शब बिहिबार दिउँसो दाङ-सल्यान सडकखण्ड अन्र्तगत तुलसीपुर ३ को सातबास (ढकेरीथान) भन्ने स्थानमा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

नेपालीको शव देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर मृतकको साथमा रहेको मोबाइलबाट सम्पर्क गर्दा दमारगाउँका पुणर् बहादुर रहेको खुल्न आएपछि आफन्तलाई बोलाएर शवको पहिचान गर्न लगाएको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार नेपाली पौष २५ गते (बुधबार) तुलसीपुर ३ कै बल्ले जानका लागी घरबाट हिडेका थिए ।

सडकदेखी अन्दाजी ५०/६० मिटर तल खोलामा शव फेला परेको र घटनाको प्रकृति हेर्दा पनि सडकबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको छ ।

यस्तै तुलसीपुर ११ उरहरी स्थित सडकदेखी अन्दाजी २०/२५ मिटर पुर्वतर्फ बारीमा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार बिहिबार दिउँसो सवा ४ बजेको समयमा शव फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको प्रहरीले जनाएको छ । मृतकको पहिचान नखुलेकाले हुलिया परिपत्र गरिएको छ । प्रहरीका अनुसार मृतकले लगाएको सेतो टाटेपाटे ज्याकेट, कालो धर्के ट्रयाकसुट र कालो स्पोर्ट सुज लगाएको देखिएको छ ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार