२०८१ माघ १ गते बुधवार

माल्टा पठाई दिन्छु भनि ठगी गरेको आराेपमा दुई जनालाई पक्राउ



पाैस २४ माल्टा पठाई दिन्छु भनि ठगी गरेको अाराेपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक ४४ वर्षीय टङ्कप्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका–४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेकाे बताएको छ माल्टा पठाईदिने मासिक रु ८० हजार तलबमा काम लगाइदिन्छु भन्दै लाेभमा पारी टङ्कप्रसादले एक जना पीडितबाट रु तीन लाख र विक्रमले एक जनालाई मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी रु ८ लाख जति ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार