२०८१ माघ १ गते बुधवार

मालेसँग माओवादीको सम्बन्ध पच्चीस वर्ष लामो छ – आचार्य



पुस २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले मालेसँग माओवादीको सम्बन्ध पच्चीस वर्ष लामो रहेको बताएका छन् । घोराही उपमहानगरपालिका– १ माले निवासी पार्टीको नगर समिति सल्लाहकार दिलबहादुर तिवारीको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेता आचार्यले उक्त सम्बन्ध खुलाएका हुन् ।

श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि आचार्यले मालेमा २०५५ सालमा आफ्नो पार्टी नेकपा माओवादीको दाङ–सल्यान–प्युठानको संयुक्त जिल्ला समितिको बैठक बसेको स्मरण गर्दै उक्त गाउमा माओवादी कार्यकर्ताको रुपमा सबैभन्दा पहिला आफू पुगेको उल्लेख गरे । सोही समयदेखि कमरेड दिलबहादुर तिवारीसँग सम्बन्ध रहेको बताउँदै दिलबहादुरकै पहलमा मालेमा बाटो, बिजुली र खानेपानीको आवाज उठेको र विकास भएको उल्लेख गरे । पछिल्लो समय रुपान्तरण अभियानका क्रममा सम्बन्ध थप मजबुत भएको नेता आचार्यको बताउनु भयको थियो।

नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका १ का वडाध्यक्ष भीमसेन बुढाको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका दाङ जिल्ला संयोजक तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन, केन्द्रीय जनसाँस्कृतिक विभागका सदस्य रामप्रसाद जैसी, नेकपाका केन्द्रीय सदस्य यमलाल पुजालीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी, माओवादी केन्द्रका प्रदेश सदस्य प्रमिता चौधरी, नगर सचिव भागिदास थारु, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य पुरण शर्मा, वाइसिएल नेपालका घोराही नगर अध्यक्ष कुशल बुढा, परिवारबाट दिलबहादुर खत्री लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन लेखा राणाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार