पुस २२ राजधानी काठमाडौंबाट सञ्चालित जलजला टिभीको शाखा दाङमा पनि विस्तार गरिएको छ । दुई वर्षदेखि काठमाडौंबाट सञ्चालन हुँदै आएको जलजला टाइम्सको शाखको उदघाटन प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष तथा तेस्रो आँखा डटकमका सम्पादक उदय जीएम र विशिष्ट अतिथि घोराही १३ का निवर्तमान वडासदस्य केशव गिरीले गरेका हुन।
कार्यक्रममा प्रमुख अतिथि जीएमले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन सञ्चार क्षेत्रमा संलग्न सबैले ध्यान दिनुपर्ने बताए । पछिल्लो समय सञ्चार क्षेत्रमा विश्वसनीयता गुम्दै गएको औंल्याउँदै जीएमले विश्वनीयतालाई बचाउनका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि गिरीले पछिल्लो समय नेपालमा सबैभन्दा बढी सञ्चार क्षेत्रको विकास भएको बताउँदै समग्र पत्रकारिता क्षेत्रका चुनौतीका बारेमा पनि समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । पत्रकारिता क्षेत्रलाई दुरुपयोग गर्नेभन्दा पनि जिम्मेवार र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने उनको भनाई थियो ।
व्यवस्थापक वीरेन्द्र ओलीले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताको संगमका रुपमा मिडियालाई परिचित बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमको सहजीकरण घनश्यम गिरीले गरेका थिए ।